दर्शकमा उत्साह बढाउदै ‘लप्पन छप्पन २’को टिजर(भिडियो)

आगामी चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लप्पन छप्पन २’को दोश्रो टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा सौगात मल्ललाई मात्र देखाइएको छ उनलाई ‘सुपरस्टार’को ट्याग पनि दिइएको छ । सार्वजनिक टिजरले दर्शकमा उत्साह निकै बढाइरहेको छ र सौगातको फरक गेटअपलाई दर्शकले निकै रुचाएका छन् ।

एक्सन ड्रामा चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् । हेर्नुहोस् टिजर :

Leave a Reply