‘कृष्ण लीला’ को ‘कुनै दिन’ गीतमा पुष्प र श्रद्धाको रोमान्स(भिडियो)

आउँदो चैत २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कृष्ण लीला’ को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘कुनै दिन’ बोलको गीतको भिडियोमा कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड छन् । उनीहरुलाई निकै रोमान्टिक देखिएको छ। गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । पुरुषोत्तम ढुंगेल र नारायण सापकोटाको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको अडियो र भिडियो राम्रो बनेको छ । पूर्वी इलामको चियाबारी आसपासमा खिचिएको गीतको भिडियोमा पुष्प र श्रद्धाको केमेस्ट्री निकै सुहाएको छ । दीपक ओलीको निर्देशन रहेको ‘कृष्ण लीला’ मा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव ढकालले खिचेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।

Leave a Reply