राजबल्लभ कोइरालाले १० वर्षपछि ‘कामिनो’बाट अभिनयमा कमब्याक गर्दै

अभिनेता राजबल्लभ कोइरालाले १० वर्षपछि अभिनयमा कमब्याक गर्ने भएका छन् । दीपक वलीले निर्देशन गर्न लागेको चलचित्र ‘क्यामिनो’बाट उनले अभिनयमा पुनरागमन गर्न लागेका हुन् । अमेरिकामा बस्दै आएका उनले पछिल्लो पटक २०७० सालमा फिल्म ‘६ एकान ६’मा काम गरेका थिए ।

निर्माण टिमले उनको स्वागतमा तयार पारेको एक पोस्टर फेसबुकमा शेयर गर्दै राजबल्लभले लेखेका छन्, ‘दाई नेपाली चलचित्रमा फेरि कहिले आउनुहुन्छ ? यो वर्ष, ‘कामिनो’सँगै ।’ उनले नेपाल आएर फिल्मको छायांकन गर्न लागेका होइनन् । ब्राजिल र उत्तर अमेरिकाको मेक्सिकोमा उनको भागको छायांकन हुनेछ ।

Leave a Reply