ऋचा र भोलाराज अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक,चलचित्र असोज २६ मा

ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक गरिएको छ। ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रको ट्रेलरले धेरै नेपालीको पीडा भाव बोल्छ । असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रका निर्माता केदार भुषाल हुन्। विजया दशमीको छेको पारेर चलचित्र प्रदर्शनमा ल्याउन लागिएको हो। दशैं भनेको नेपालीहरुको महान चाड हो र यो बेलामा सबैको रमाइलो गर्ने मुड हुन्छन् त्यस बेला चलचित्र हेर्ने दर्शक पनि धेरै हुन्छन त्यही भएर यो समयमा प्रदर्शन गर्न लागेको निर्माता भुषालले बताए।

चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन् । चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई,सन्दीप लोहनी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ छन् ।

चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ । निसाल पौडेलले छायांकन गरेको चलचित्रमा भीम विश्वकर्माको सम्पादन,सुदीप श्रेष्ठको कलर रहेको छ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।

Leave a Reply