संजय दत्तले जिते क्यान्सर

बलिउड अभिनेता संजय दत्तले आफूले क्यान्सरलाई जितेको बताएका छन् । फोक्सोमा एक प्रकारको क्यान्सरको उपचार गराइरहेका अभिनेता संजय दत्तले बुधबार इंस्टाग्राममार्फत् क्यान्सरसँगको लडाईंमा आफू वियजी भएको घोषणा गरेका हुन् । पछिल्लो समय परिवारका लागि कठिन भए पनि आफूले रोगलाई हराएपछि सबै कुरा ठीक हुँदै आएकोसमेत उनले उल्लेख गरेका छन् ।

‘पछिल्लो केही हप्ता मेरो परिवार र मेरो लागि निकै कठिन समय थियो । तर, भनिन्छ नि भगवानले आफ्नो बलियो योद्धालाई निकै गाह्रो लडाईं दिन्छ । आज म मेरा छोराछोरीको जन्मदिनको अवसरमा यो लडाईंबाट विजयी भएको छु । र, उनीहरुलाई उपहार दिन सफल भएको छु,’ ६१ वर्षिय अभिनेताले जारी गरेको स्टेटमेन्टमा लेखिएको छ । संजयलाई क्यान्सर भएको थाहा पाएपछि उनलाई उपचारको लागि अमेरिका लैजाने भनिएको भएपनि अहिले मुम्बईमा कोकिला बेन अस्पतालमा नै उपचार गराइरहेका छन् ।

Leave a Reply