राजेश हमाल आज्ञासंग ‘जुनमा हेरूँ तिमीलाई’ भन्दै(भिडियो)

९० को दशकका लोकप्रिय गायक इन्द्रजित मिजारको स्वरमा आबद्द ‘जुनमा हेरूँ तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द गीतकार गोपाल लोहारको रहको छ। गीतमा संगीत संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन्।

यस गीत बाट फेरि २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा राजेश हमाल अभिनयले गरेका छन्। नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन्। समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन्। विकाश दहालले भिडियो सम्पादन गरेका हुन्। श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गीतकार लोहारको अफिसिएल च्यानल ‘गोलो प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियो हेर्नुहोस :

Leave a Reply