‘चुपचाप बदलियो’मा श्रृष्टी र जीवनको रोमान्स(भिडियो)

गायक नितिन गजुरेलले आफ्नो नयाँ म्युजिक भिडियो ‘चुपचाप बदलियो’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गजल गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको रहेको छ। यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन्।

सन् ८० को दशकको झझल्को म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन्। काठमाण्डौको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन्। जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको निर्देशन तयार पारिएको हो।  भिडियो हेर्नुहोस :

Leave a Reply