केकी भन्छिन्, प्रियंका हरेक महिलाका लागि प्रेरणा बनिसकेकि छिन्

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले एक हप्ता लगाएर धूमधामसँग विवाह गरे । शुक्रवार परम्परागत रूपमा विवाह गरेका अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई शुभकामना दिने क्रम जारी नै छ । यतिबेला कलाकारको सामाजिक संजालको वाल विवाहका तस्बिर र शुभकामनाले रङ्गिएका छन् ।

धेरै साथी शुभचिन्तक कमाएकी प्रियंकाकी सबै भन्दा मिल्ने साथीमा पर्छिन् केकी अधिकारी । उनी प्रियंकाको विवाहको हरेक फङ्सनमा सहभागी भइन् । उनी निकै खुसी भएर प्रियंकाको खुसीमा साथ दिने गर्छिन् । अझ प्रियंकाको विवाह भएपछि केकीले प्रियंकाको लागी आफ्नो मनमा रहेको भावना उनीसम्म पुर्‍याउन फेसबुकको सहायता लिएकी छिन् । उनले निकै भावुक र खुसी हुँदै प्रियंकाको विवाहको तस्बिर राखेर लामो स्ट्याटस लेखेकी छिन् ।

उनी लेख्छिन्, ‘तिम्रो नाम अनि काममा यति हराइएछ कि तिम्रो नामको सिधा अर्थ के होला भनेर कहिले पनि सोचिन छु अनि सोधिन छु जबकि म हरेक व्यक्तिको नामको अर्थ खोजी हाल्ने खालकी छु। तिमी त कामले नाम बनाएकी मान्छे, तिम्रो काम अनि नामको प्रशंसा गरेर म तिमीलाई तिमी त्यति मात्र हौ भन्न सक्दिन। मैले तिमीलाई नजिकबाट चिन्ने मौका पाएकी छु रत थाहा पाएकी छु कि तिमी त्यो भन्दा धेरै होऔ।’

उनी थप्छिन्, ‘तिमीलाई सायद हेक्का नहोला तिमीले के गरेकी छौ। तिमीले सबै नारीलाई आँट दिएकी छौ, निडर हुन ,आफ्नो ढङ्गले जीवन जिउन, आजको लागि बाँच्न, खुलेर हाँस्न, अनि नअघाउने गरी माया गर्न सिकाएकी छौँ। तर तिमी त्यो भन्दा पनि धेरै होऔ।’ तिमी प्रियंका बन्न चाहने अनि बन्न नचाहाने हरेक महिलाकोलागि एक प्रेरणा अनि उदाहरण बनिसकेकि छौं । तिम्रो जिन्दगी अझै अर्थपूर्ण हुँदै जाओस्। तिमीलाई मेरो सधै तिमी जस्तै उज्यालो, उर्जाशील शुभकामना। तिमीले खुशी होइन खुशीले तिमीलाई सधैं पाइराखोस्। यसै गरी स्ट्याटसमा उनले आफूलाई उही तिम्री भुन्टी केकु भनेर सम्बोधन गरेकी छिन् ।

Leave a Reply