कलाकारहरुले कसरी मनाए होली ?(फोटो फिचर)

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा मनाइयो भने मंगलबार तराईमा मनाइँदै छ । तर यसपटक होली उत्सवमा धेरैले रंगीन चाहेनन् । विश्वव्यापी रूपमा कोरोना भाइरसको संक्रमण बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढिरहँदा यसको प्रत्यक्ष असर नेपालमा पनि परेको हो । नेपाल सरकारले सार्वजनिक स्थलमा भिडभाड नगर्न निर्देशन दिइसकेको छ ।

आयोजना हुने भनिएका कार्यक्रमहरू सबै स्थगित भएका छन् भने आ-आफ्नो घरमा परिवारसँग खुसी साट्दै र शुभकामना आदानप्रदान गर्दै सबैले जोखिम रहित होली मनाएका छन् । यसैलाई आत्मसाथ गर्दै कला जगतका सम्पूर्णले सामान्य र तरिकाले होली मनाएका छन् ।

कतिले सामाजिक सञ्जाल मा अघिल्ला वर्षका होलीको तस्बिर साझेदारी गर्दै शुभकामना दिएका छन् भने कतिले परिवारसँग सामान्य टिका साटेर होली मनाएको तस्बिर राखेका छन् । सबै कलाकारहरुले सुरक्षित तरिकाले खुसी साट्दै होली मनाएका छन् ।

Leave a Reply