गूगलमा धेरैले खोजे ‘कवीर सिंह’

सन् २०१९मा सबैभन्दा धेरै अलग-अलग जनराका चलचित्र बनेका छन् र दर्शकलाई पनि खुब मन परेको छ । ‘उरी’ देखि ‘एभेन्जर्स इन्डगेम’ सम्म विभिन्न शैलीका चलचित्रले यो वर्ष दर्शकलाई खुब मनोरञ्जन दिए । यस वर्ष गुगलमा सबैभन्दा धेरै खोजिएको चलचित्रमा ‘कबीर सिंह’ पहिलो नम्बरमा छ ।

अभिनेता शाहिद कपूरको प्रमुख भूमिका रहेको यो चलचित्र २०१९ को सबैभन्दा ठूलो हिट चलचित्रमध्ये एक हो । चलचित्रको म्यूजिक पनि उस्तै सुपरहिट भएको थियो । रिलिजपछि चलचित्रले इन्टरनेटमा धूम मच्चाएको थियो । ‘कवीर सिंह’ ले २ सय ५० करोड भन्दा बढी कमाइ गरिसकेको छ । ओरिजिनल चलचित्रभन्दा पनि रिमेक धेरै सफल भएको हो ।यो चलचित्र २ वर्ष अगाडि प्रदर्शनमा आएको सन्दीप रेड्डी वांगाको तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक थियो । चलचित्रमा शाहिदको अपोजिटमा अभिनेत्री कियारा आडवाणी थिइन् ।

त्यस्तै, गुगलमा सबैभन्दा धेरै खोजिएको चलचित्रको लिस्ट ‘एभेन्जर्स इन्डगेम’ दोस्रो र ‘जोकर’ तेस्रो नम्बरमा परेको छ । ‘एभेन्जर्स’ दुनियाँभर सबैभन्दा धेरै कमाउने चलचित्र हो । त्यस्तै, वाकीन फीनिक्स स्टारर ‘जोकर’ लाई पनि भारतीय दर्शकले गुगलमा सर्वाधिक खोजेका छन् ।

गुगलमा सबैभन्दा धेरै खोजिएको चलचित्रको चौथो नम्बरमा हलिउडको एक स्ट्यान्डअलोन सुपरहिरो वुमेन चलचित्र‘क्याप्टेन मार्वल’ छ । यो चलचित्रलाई दर्शकले निकै रुचाएका थिए ।

Leave a Reply