रचना रिमालको स्वरमा ‘न बिर्सें तिमीलाई’को नयाँ भर्सन सार्वजनिक(भिडियो)

एक दशकभन्दा अघि सार्वजनिक भएको सफल गजल गीत हो, ‘न बिर्सें तिमीलाई न पाए तिमीलाई’। अञ्जु पन्तको स्वरमा सार्वजनिक भएको यो गजल त्योबेला निक्कै चर्चित भएको थियो । यो गजलको मेल भर्सन जगदीश समालको स्वरमा सार्वजनिक भएको थियो ।

सोही चर्चित गजलको नयाँ भर्सन सार्वजनिक गरिएको छ । लोकप्रिय गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गरेर गजल सार्वजनिक गरिएको हो । विपिन किरणले रचेको यो गजलमा महेश खड्काको संगीत रहेको छ। किरण क्रिएसनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा रचना नै फिचर्ड छिन् ।

गीत हेर्नुहोस् :-

Leave a Reply