‘ह्यारी कि प्यारी’को गीतमा रेखाको ठुम्काले ‘धरहरा हल्लियो’(भिडियो)

डाक्टर कपिल रिजालको डेब्यु निर्देशकिय चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको गीत रिलिज गरिएको हो ।
‘धरहरा हल्लियो’ बोलको आइटम गीतमा अभिनेत्री रेखा थापाले कम्मर मर्काएकी छन् । लामो समयपछि चलचित्रमा आइटम नृत्य गरेकी रेखा यस भिडियोमा निकै सुन्दर र बोल्ड देखिएकी छन् ।

शिखर सन्तोषकोे संगीत, डाक्टर भोला रिजालको शब्द रचना रहेको सपन कुमार राई र मिना निरौलाको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँगै अभिनेताद्धय जितु नेपाल र विजय बराल पनि फिचर्ड छन् ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा जितु र विजयका अलवा साम्राज्ञी राज्यलक्ष्मी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । डाक्टर कपिल रिजालको प्रस्तुति निर्माण भएको चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन् ।

चलचित्रमा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । विजय बस्यालले पोस्टर डिजाइन गरेकको चलचित्रको पोष्ट प्रोडक्सनको सम्पुर्ण मुम्बईमा गरिएको हो ।

Leave a Reply