अर्पण,सौगात र सृष्टि फिचर्ड ‘तीन जन्तु’को फर्स्ट लुक टिजर सार्वजनिक(भिडियो)

अर्पण थापाले निर्देशन गरेको चलचित्र ‘तीन जन्तु’को फर्स्ट लुक टिजर सार्वजनिक भएको छ । सौगात मल्ल, सृष्टि श्रेष्ठ, रोबिन तामाङ, कालु राणा र अर्पन थापाको मुख्य भूमिका रहेको यस चलचित्रको टिजरमा मुख्य भूमिकामा रहेका यी कलाकारको फर्स्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रले बि.स २०३० सालमा घटेको एउटा घटनालाई प्रस्तुत गर्न खोजेको छ। चलचित्रमा आलोक शुक्लाको छायाँकन,मिलन श्रेष्ठको सम्पादन रहेको छ। चलचित्रको प्रदर्शन मिति १ जनवरी २०२१ तोकिएको छ।

 

Leave a Reply