गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद

गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाडौँमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबिच सम्बन्ध विच्छेद भएको हो ।

निलमले मङ्गलवार मात्र उनीहरूले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएको जिल्ला अदालत काठमाडौँका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए। न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुङ्ग्याएको हो ।

वि.सं २०५९ सालमा प्रेम विवाह गरेका उनीहरूको एक छोरी छिन् । उनीहरूबिच सम्बन्ध विच्छेद भएपछि छोरी भने आमासँगै बस्ने भएकी छिन् । शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने भएकी छिन् । तर, छोरीको लालन-पालनमा भने उनीहरूको बराबरी हक लाग्ने छ ।

Leave a Reply