साम्राज्ञीसंग सहकार्य गर्दै निर्देशक मिलन चाम्स

लकडाउनपछि अभिनेत्री साम्राज्ञी आरएल शाहले एक पछि अर्को चलचित्र साइन गरिरहेकी छिन् । यसैक्रममा साम्राज्ञीले निर्देशक मिलन चाम्सको चलचित्र पनि साइन गरेको खुलेको छ । हाल स्क्रिप्टको काम फाइनल भइरहेको चलचित्रमा साम्राज्ञीले काम गर्ने पक्का भएको हो । एक महिना अघि नै मिलनले साम्राज्ञीसँग सम्झौता गरेका बुझिएको छ । चलचित्रमा साम्राज्ञीको अपोजिटमा को रहने भने पक्का भैसकेको छैन । यस्तै, केही दिन अगाडि मात्र साम्राज्ञीले नायक पल शाहसँग चलचित्र ‘रेड वाइन’मा काम गर्ने पक्का गरेकी थिइन् ।

Leave a Reply