पान मसालाको प्रचार गरेको आरोपमा अमिताभ, शाहरुख, अजय र रणवीरविरुद्ध मुद्दा दायर

बलिउडका सुपरस्टारहरू अमिताभ बच्चन, शाहरुख खान, अजय देवगन र रणवीर सिंहविरुद्ध बिहारमा मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध बिहारको एक अदालतमा बिहीबार दायर गरिएको केसमा “गुटखा र तंबाकूको खपतलाई बढावा दिएको” आरोप लगाइएको छ। सामाजिक कार्यकर्ता तमन्ना हाश्मीले मुजफ्फरपुरको मुख्य न्यायिक मजिस्ट्रेटको अदालतमा केस दर्ता गराएकी हुन् । जसमा उनले यी कलाकारहरूलाई चित्रित गर्ने विज्ञापनहरूले मानिसहरूलाई विज्ञापन गरिएका वस्तुहरू उपभोग गर्न प्रोत्साहित गरेको आरोप लगाएकी छन्।

वास्तवमा यो मुद्दा अभिनेता अक्षय कुमारबाट सुरु भएको थियो । हालै अभिनेता अक्षयले पान मसाला विमल ब्रान्डको प्रचार गर्दै गरेको देखिएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो । नवभारत टाइम्सका अनुसार उनीहरूविरुद्ध हालेको चार्जसिटमा ‘पैसाको लोभमा आफ्नो पपुलारिटीको गलत प्रयोग’ गरेको आरोप लगाइएको छ । उनले अमिताभ, अजय, शाहरुख र रणवीरविरुद्ध सेक्सन ४६७, ४६८, ४३९, र १२० बी अन्तर्गत मुद्दा दर्ता गराएकी हुन् । यस मुद्दामा २७ मे मा सुनुवाइ बिहारको एक अदालतमा हुँदैछ ।

Leave a Reply