रेखालाई हिम्मतवाली भन्दै मनिषाले मागिन् भोट

अभिनेत्री मनीषा कोइरालाले रेखा थापाको लागि भोट मागेकी छन् । उनले मोरङ क्षेत्र नं.३ बाट उम्मेदवारी दिएकी राप्रपा नेतृ तथा अभिनेत्री थापाका लागि मत मागेकी हुन् । उनले रेखालाई निडर र हिम्मतवालीको भन्दै जितको लागि शुभकामना समेत दिएकी छन् ।

मनीषाले भोट मागेको भिडियो रेखाले सामाजिक संजालमा शेयर गरेकी छन् । उक्त भिडियोमा मनीषाले भनेकी छन्, ‘देश यतिबेला निर्वाचनमय भएको छ । हाम्रै कला क्षेत्रबाट ख्याति कमाउनुभएको निडर, हिम्मतवाली राप्रपाकी कुशल नेतृ रेखा थापा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा उठ्नुभएको छ । म उहाँलाई विजयको अग्रिम शुभकामनासहित समर्थन गर्दछु । मोरङ ३ बाट मलाई हेरिरहनुभएको व्यक्तिहरुलाई यसपटक सहासी नारीलाई साथ दिन अनुरोध गर्दछु ।’

Leave a Reply