‘छ माया छपक्कै’ फस्टलुक पोस्टर सार्वजनिक: रिलिज मिति अझै तोकिएन

रोहित अधिकारीले निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’को फस्टलूक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारीलाई पोस्टरमा देखाइएको छ ।

रोमान्टिक लाग्ने पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल डोकोमाथि हात राखी कल्पनामा डुबेका छन् भने पोस्टरले चलचित्रमा गाउँले कथाबस्तु प्रस्ट्याउछ । दशैंमा रिलिज हुने भनिएको चलचित्रको सार्वजनिक पोस्टरमा निश्चित रिलिज मिति तोकएको छैन साथसाथै यस चलचित्रलाई असोज १७ वा २४ गते मध्ये एउटा मितिमा रिलिज गर्ने तयारी गरिएको छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा तयार भएको चलचित्रलाई दीपेन्द्र लामाको निर्देशन रहेको छ भने कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे छन् । हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको चलचित्रको कथा निर्देशक लामा आफैले गरेका हुन् ।

Leave a Reply