आर्यनको ‘सायरा’ विश्वव्यापी प्रदर्शन हुने

नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने चलचित्र ‘सायरा’ विश्वव्यापी प्रदर्शन हुने भएको छ । चलचित्रका प्रस्तुतकर्ता रघु परियार र भारतीय कम्पनी पावनी फिल्म्सका प्रबन्ध निर्देशक विशाल चौधरीबीच विश्वव्यापी प्रदर्शन बारेमा सम्झौता भएको हो ।

बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ । पुस्करसँग नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।

चलचित्रमा आर्यन सिग्देल, सुफिया सिद्दिकी, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहने छ । डान्सीङ रियालिटी शो मार्फत चिनिएकी कविता नेपाली यसै फिल्म मार्फत डेब्यु गर्दैछिन् ।
यसमा कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा छन् । यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूणर् कमर्शियल फिल्म निर्माण गर्न लागेको बताए । कार्यक्रममा उपस्थित हुन् नपाउदा दुखि रहेको भिडियो संदेश सुफिया सिद्दिकीले पठाउनु भयो । उहाँले नेपाली फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित रहेको बताउनु भयो । ‘मैले बलिउड र हलिउडको केहि फिल्ममा काम गरेकी छु । यसपटक नेपाली – इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु’ सुफियाले भिडियो संदेश मार्फत बताउनु भयो ।

Leave a Reply