‘पोई पर्यो काले’को शिर्ष गीत सार्वजनिक (भिडियो)

कोरीबाटी,काठमाडौँ

कात्तिक ८ बाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर चलचित्र ‘पोइ पर्‍यो काले’को शिर्ष गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका विच सार्वजनिक गरिएको गीतमा मुख्य कलाकार सौगात मल्ल, पुजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर र राजाराम पौडेल लगायतका कलाकारको फिचर्ड रहेको छ ।

चलचित्रमा किरण नेपाली, सृष्टि खड्का, शिशिर राणा, बिन्दा खतिवडा, श्याम राई, गोपाल ढकाल (छन्दे), राजेन्द्र नेपाली (लट्टे)को पनि अभिनय रहेको छ ।

गीतको भिडियोमा सौगात र पूजा जोडीको रुपमा प्रस्तुत छन् भने आकाशको जोडी श्रृष्टिसँग बाँधिएको छ । भिडियोको सेट निकै आकर्षक  देखाइएको छ ।  रामचन्द्र काफ्ले र अन्जु पन्तले श्वर भरेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई शिव ढकालले छायाँकन गरेका हुन् ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा राजिव गुरुङ  (दीपक मनांगे) र सरोज नेपालीको लगानी छ भने सिनेमाकी कार्यकारी निर्माता अमला देवि राई हुन् ।  शिशिर राणाले निर्देशन गरेको चलचित्रमा  तारा थापा ‘‘किम्भे’को सम्पादन रहेको छ ।

Leave a Reply