यशराज र फिजाको ‘लभ यु हमेशा’ गीत सार्वजनिक

त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्र ‘लभ यु हमेशा’ को शिर्ष गीत सार्वजनिक भएको छ । कार्तिक २२ गते नेपाल र त्यसभन्दा अघिल्लो शुक्रबार अर्थात् कार्तिक १५ (नोभेम्बर १ ) मा भारतमा प्रदर्शन हुने चलचित्रको गीतमा अभिनेता यशराज गरच र नवअभिनेत्री फिजा योन्जन फिचर्ड छन् ।

निर्देशक भाष्कर प्रधान भासुको शब्द तथा संगीत रहेको फिलिपिन्सको समुन्टी तटमा छायाँकन गरिएको गीतमा प्रताप दास र श्रेया सोताङको स्वर रहेको छ । गीतको भिडियो कोरियोग्राफी भने रामजी लामीछानेले गरेका हुन् ।

धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङ सहनिर्माता रहेको चलचित्र भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा खिचिएको हो । भाष्कर प्रधान निर्देशित यस चलचित्रमा यशराज र फिजाका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारको पनि अभिनय छ ।

रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले बितरण गर्ने चलचित्रमा धर्मा क्रियशनको ब्यानरमा निर्माण रहेको छ साथसाथै एनबी महर्जनको द्धन्द्ध निर्देशन रहेको छ ।

https://www.youtube.com/watch?v=XTR8mXcguhA

Leave a Reply