समस्त बुवाहरूको लागि सुगम पोखरेलको ‘बुवा’ गीत सार्वजनिक(भिडियो)

समस्त बुवाहरूलाई समर्पित गर्दै गायक सुगम पोखरेलले “बुवा(हजुरको याद आउँछ)” बोलको गीत सार्वजनिक गरेका छन् । सुगमले केही समय अघि आफ्ना बुवा गुमाएका थिए र आफ्ना बुवाको लागी तयार पारेको गीत सुनाउन नपाएकोमा दुख व्यक्त गर्दै बुबाको लागि भनेर बनाएको गीत बुबाले सुन्न नपाए पनि सम्पूर्ण दर्शक तथा श्रोताको लागि समर्पित गरेका छन् । गीतमा गायक पोखरेल आफ्नै रचना तथा सङ्गीत रहेको छ । गीतको सङ्गीत संयोजन सुजिल कर्माचार्यले गरेका हुन् । गीतको भिडियो विकेश मगरले निर्माण हुन् । नजिकिँदै गरेको कुशे औशी (बुबा मुख हेर्ने ) दिनको अवसरमा सम्पूर्ण बुबालाई सम्झिएर उनले यस गीत सार्वजनिक गरेका हुन् । उनले गीत सार्वजनिक गर्दै आफ्नो सामाजिक सञ्जालमा “भौतिक रूपमा बुवा अहिले हामी माझ नभए पनि वहाँ को शिक्षा-दीक्षा, सोच, सपना अनि आशीर्वादलाई मार्गदर्शन मानेर एउटा असल मान्छे बन्ने भरमग्दुर प्रयास सधैँ गर्नेछु” भन्दै लेखेका छन् । भिडियो हेर्नुहोस् :

Leave a Reply