पूजा र आकाशको माया ‘सयौं जुनी’सम्म (भिडियो)

गायक प्रताप दास र गायिका अन्जु पन्तको स्वर रहेको ‘सयौं जुनी’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको गीतमा पूनम मोथेको शब्द र सरोज पोखरेलको संगीत रहेको छ । भने उदय राज पौडेलको एरेन्ज रहेको छ । रोमान्टिक गीतको भिडियोमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ फिचर्ड छन् । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। बुद्ध थापाले छायांकन गरेको म्युजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् । चलचित्र ‘रामकहानी’बाट सहकार्य सुरु गरेको र दर्शकले अत्यधिक रुचाएको जोडी हो,पूजा र आकाशको ।
भिडियो हेर्नुहोस् :

Leave a Reply