‘छक्का पन्जा’ टिमद्वारा चलचित्र प्राविधिकहरूलाई आर्थिक सहयोग

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ को जोखिमबाट बच्न नेपाल सरकारले घोषणा गरेको लकडाउनले सबै नेपालीहरुको जीवन अस्तव्यस्त बनेको छ । कोरोनाको त्रासले गरिएको ‘लकडाउन’का कारण दैनिक काम गरेर घर चलाउने नेपाली चलचित्रका प्राविधिकहरू पनि निकै समस्यामा परेका छन् । यसै कुरालाई मध्यनजर गर्दै चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले यो अवस्थामा दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरूलाई सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।

यस कुरामा आत्मसाथ गर्दै कलाकार निर्माता दीपक राज गिरीले प्राविधिकहरूको यो कठिन समयमा सबैले आ-आफ्नो तर्फबाट सहयोग गर्न अपिल गरेका छन् । अभिनेता तथा निर्माता दीपक राज गिरी लगायतको टीमले चलचित्रमा काम गर्ने प्राविधिकलाई राहत स्वरुप रु १ लाख १० हजार सहयोग घोषणा गरेका छन् । शुक्रबार फेसबुकमा एक स्टाटस् लेख्दै गिरीले उक्त घोषणा गरेका हुन् ।

एउटै स्टाटसलाई निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला, अभिनेता केदार घिमिरे लगायतले पनि पोस्ट गरेका छन् । स्टाटसमा लेखिएको छ, ‘चलचित्रकर्मी साथिहरू । हामीलाई सुटिगंको समयमा,भोक लाग्दा खाना खुवाउने, ‘हामीलाई गर्मी हुँदा छाता ओढाउने, हामीलाई राम्रो देखाउन गर्हौ लाइट उचाल्ने प्राविधिकहरूको लागि यो कठिन समय हो अतः सबै मिलेर केही सहयोग गरौँ…. हाम्रो तर्फबाट रु १ लाख १० हजार दिँदै छौ !!!!’ चलचित्र क्षेत्रका इच्छूक साथिहरूले पनि इनबक्स गर्न सक्नु हुनेछ । आउनुस एकमुष्ट सहयोग गरौँ’ ।

Leave a Reply