चलचित्र ‘गणपति’को छायांकन सम्पन्न

गएको माघ ८ गतेबाट छायांकन सुरु भएको चलचित्र ‘गणपति’को छायांकन सकिएको छ । सविन अधिकारीको निर्देशन रहेको चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दिपुर गाउँपालिका थारुबासमा गरिएको छ । चलचित्रमा नायक मुकुन भुषाल, नायिका मेनुका प्रधानको साथमा कलाकार सूर्यमाला खनाल, जयनन्द लामा, राजाराम पौडेल, पुष्कर गुरुङ लगायतको अभिनय छ । चलचित्रको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारीले नै लेखेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी, अरविन्द्र गिरीको लगानीमा बनेको चलचित्रले भगवान र मानिसविचको फरक देखाउने बताइएको छ । चलचित्रमा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी छ ।

 

 

Leave a Reply