‘कृष्ण लीला’को ‘डियर बन्न मन छ’मा पुष्प,श्रद्धा, वुद्दि र रविन्द्र(भिडियो)

आउँदो चैत २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कृष्ण लीला’ मा समावेश दोश्रो गीत ‘डियर बन्न मन छ’ सार्वजनिक भएको छ । निशान भट्टराई र समिक्षा अधिकारीको स्वर रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत, नारायण प्रसाद बास्कोटाको शब्द छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य नायक पुष्प खड्का, नायिका श्रद्धा क्षेत्रीलाई साथमा, चलचित्रका अन्य कलाकारहरु वुद्दि तामाङ, रविन्द्र झा, भावना गुरुङ जमेर नाचेका छन् ।

दीपक वलीको निर्देशनमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । चलचित्रमा रतन श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने प्रकाशराज कार्की र केवल तामाङ चलचित्रका निर्माता हुन् । चलचित्रमा पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माताको रुपमा छन् ।

 

Leave a Reply