‘डिसेम्बर फल्स’को ट्रेलरमा आर्यन र उपासनाको प्रेममा उतारचढाव

आगामी पुष १५गते अर्थात् ३० डिसेम्बरबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको प्रेम कथानक चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । आर्यन सिग्देल र उपासनासिंह ठकुरीको अभिनय रहेको चलचित्रको ट्रेलरमा आर्यन र उपासनाको प्रेम र त्यसमा आउने उतारचढाव देखाइएको छ । प्रवीण झा निर्देशित चलचित्रको ट्रेलरमा रोमान्स, ड्रामा, एक्सन र थ्रिलर समावेश छन् ।

आर्यनले ‘लभ इन्ट्रेस्ट’ उपासनालाई पट्याउन संघर्ष गर्छन्, तर बीचमा आउने कुनै मोडले उपासनालाई आर्यनबाट टाढा लैजान्छ । खलपात्रको प्रवेशपछि यी दुईको सम्बन्धमा आउँछ ।

Leave a Reply