‘कबड्डी ४’ अर्को वर्षको असोज १५ गते प्रदर्शन हुने

गएको हप्ता सामाजिक सञ्जाल फेसबुकमा एक थिम पोस्टर सार्वजनिक गर्दै रामबाबु गुरुङ निर्देशित तथा निर्मित सुपरहिट चलचित्र ‘कबड्डी’ को चौथौ सिक्वेल पनि निर्माण हुने औपचारिक घोषणा भएको थियो। यसबीच, चलचित्र निर्माण नहुँदै ‘कबड्डी ४’ को प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्देशक गुरुङले शुक्रवार अर्को वर्ष (२०७८) को असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । घटस्थापनाको ६ दिन अगाडि चलचित्र प्रदर्शनमा आउनेछ ।

‘द फाइनल म्याच’ उप-शिर्षक राखिएको चलचित्रलाई ‘कबड्डी’ को अन्तिम भाग भनिएको छ । ‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्ल भित्रिए । तेस्रो पार्टमा विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिएका थिए । अब फाइनल म्याचमा ‘कबड्डी’ को कथामा जोडिएका सबै प्रमुख पात्रहरु दोहोरिने निर्माण टिमले बताएको छ ।

Leave a Reply