‘डिसेम्बर फल्स’मा आर्यनको जोडी बन्दै उपासना

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘डिसेम्बर फल्स’का लागि निर्माणपक्षले केही समयदेखि नायिकाको खोजी गरिरहेको थियो । र अब भने चलचित्रमा अभिनेत्री उपासना सिंह ठकुरी फाइनल भएकी छिन् । उपासनाले कथावस्तु मन परेपछि चलचित्रमा काम गर्ने पक्का गरेकी हुन् । रामप्रसाद रिजालको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको अभिनय रहनेछ । लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको चलचित्रलाई भारतीय टेलिभिजन तथा चलचित्र उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् । यो चलचित्रको छायांकन रबि नायडुले गर्नेछन् ।

‘डिसेम्बर फल्स’लाई बिपीका खनालले लेखेकी हुन् । चलचित्रको पटकथा र सम्वाद केदार भुसालले तयार पारेका हुन् । राजकुमार भट्टको लगानी रहने चलचित्रको छायांकन भने माघको ४ गतेबाट सुरु हुनेछ । आउँदो वर्षको साउन १ गतेलाई प्रदर्शन मिति पक्का गरिएको यो चलचित्रमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहनेछ । काठमाण्डौ र पोखरामा चलचित्रको छायांकन हुनेछ ।

Leave a Reply