धुर्मुस सुन्तलीको लकडाउनमा ‘लिपुलेक’(भिडियोसहित)

भारतले नेपालको भूमी प्रयोग गर्दै बाटो बनाएपछि यतिबेला नेपालमा यसको चर्को विरोध भइरहेको छ । सरकारले लिपुलेक समेटेर नेपालको नक्शा जारी गर्ने बताइसकेको छ । यो घटनाको चर्को विरोध नेपाली चलचित्रका कलाकारहरुले पनि गरिरहेका छन् । यसैविच, हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले लिपुलेक र नालापानी हाम्रै हो भन्दै एक नयाँ भिडियो सार्वजनिक गरेका छन् । सार्वजनिक भिडियोमा छिमेकीले जग्गा मिचेर बाटो बनाएको तर नेपालका नेताहरुले कुनै पनि कदम चाल्न नसकेको कुरालाई उल्लेख गरिएको छ ।

भिडियोमा सितारामको दुइवटा गेटअप देख्न सकिन्छ । भिडियोले नेताले नसके जनता आफैले नेपालको जमिन फिर्ता ल्याउन सक्छन् भन्ने भाव पस्केको छ । सुदिप बरालको छायांकन र सम्पादनमा तयार भएको यो भिडियोलाई सिताराम र कुञ्जनाले नै निर्देशन गरेका छन् । लकडाउनमा घरमै रहँदा पनि सिताराम र कुञ्जना घिमिरेले चेतनामुलक भिडियो सामाग्री भने तयार पारिरहेका छन् र घरमै विशेष सावधानी अपनाउन पनि अपिल गरिरहेका छन् ।

Leave a Reply