नम्रता श्रेष्ठको साथमा प्रकाश र अनिताको ‘फुटेका चूरा'(भिडियो)

आफ्नो दर्शक–स्रोतासामु फरक–फरक शैलीका गीत ल्याइरहने चर्चित गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको ‘फुटेका चुरा’ बोलको गीतमा प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको छ । गीतमा सपुत स्वयंमको शब्द तथा संगीत रहेको छ । लामो समय पछि म्युजिक भिडियो खेलेकी नम्रता श्रेष्ठ भिडियोमा ‘रानी’ को भूमिकामा छिन् भने सपुत ‘सिपाही’को भूमिकामा छन् ।

नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोमा कविता नेपाल र गायिका चलाउनेसँगै निरज पन्थी पनि प्रस्तुत छन् । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् भने कोरियोग्राफी गम्भिर विष्टको छ । भिडियोलाई गायक प्रकाश सपुत आफैँले निर्देशन गरेका हुन् । भिडियो :

Leave a Reply