पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’को छायांकन सुरु[तस्बिरहरु]

चलचित्र ‘कृष्ण–लीला’को छायांकन सुरु गरिएको छ । पूर्वी नेपालको झापाबाट चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको निर्माणपक्ष इलामका रमणिय दृश्य कैद गर्न व्यस्त छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रको छायांकनको सुरुवात गीतबाटै गरिएको छ र गीतमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्री रोमान्टिक बनेका छन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको यो चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्दि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकार मुख्य भूमिका छ । प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रको कोशी नदी किनारमा सेट लगाएर सुटिङ आरम्भ गरिएको थियो भने युनीट हाल इलामको पानीटार पुगेको छ । चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालमै गरिनेछ ।

Leave a Reply