हरिवंश र स्वस्तिमाको ‘कर्कलो कोक्याउला’मा चेलिबेटी बेचबिखनको कथा

कलाकार हरिवंश आचार्यले नयाँ गीत बजारमा ल्याएका छन् । हरिवंशकै स्वर, शब्द तथा संगीत रहेको ‘कर्कलो कोक्याउला’ बोलको गीतको भिडियो बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । गीतमा हरिवंशलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । किरण तुलाधरको एरेञ्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ छ ।

यो गीतले चेलिबेटी बेचबिखनको कथा भन्दछ । गीतमा अत्यन्त सुन्दर शैलीमा समाजको यथार्थ चित्रण गरिएको छ र गीतले अमुल्य सन्देश बोकेको छ। चेलिबेटी बेचबिखन विरूद्धको अभियानको रुपमा सार्वजनिक गरिएको गीत निकै मार्मिक र चेतनामुलक बनेको छ ।

यो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । सुशील सापकोटाले खिचेको गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का र महेश त्रिपाठीको अभिनय रहेको छ । भिडियोमा नविन लम्साल र घनश्याम पाण्डेको पनि अभिनय देख्न सकिन्छ ।

Leave a Reply