पल र उषाको प्रेममा ‘यस्तो माया’(भिडियो)

गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वरमा नयाँ गीत ‘यस्तो माया’ सार्वजनिक भएको छ । गीतमा नीशा शर्मा अर्यालको शब्द र दीपक शर्माको संगीत रहेको छ ।
गीतको भिडियोमा अभिनेता पल शाह र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ र दुईको केमेस्ट्री निकै सुहाएको छ ।

सार्वजनिक गीतले प्रेमी–प्रेमिकाविचको अनन्त प्रेमलाई दर्शाएको छ । विधान कार्कीले निर्देशन गरेको भिडियोमा पल र उषाको प्रेमलाई प्रस्तुत गरिएको छ । भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ । हेर्नुहोस् गीतको भिडियो :

Leave a Reply