दिवेश अमेरिकन आइडलको टप १०मा प्रवेश(भिडियो)

अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलमा आफ्नो उत्कृष्ट प्रस्तुती दिदैँ आएका नेपाली ठिटो दिवेश पोखरेल आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । ‘अर्थर गन’को नामबाट परिचित दिवेशले अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए ।

https://www.youtube.com/watch?time_continue=176&v=9Gz83cHPqgE&feature=emb_logo

त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् ।

Leave a Reply