‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा, विजेतालाई १ करोड पुरस्कार

रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले बुधबार साँझ काठमाडौंको होटल मेरियटमा एक कार्यक्रमको आयोजना सहित शोको औपचारिक घोषणा गरेको हो । दुवै शोका विजेताले १ करोड नगद पुरस्कार पाउने बताइएको छ। त्यसैगरी, फस्ट रनर अपले ३० लाख र सेकेन्ड रनर अपले २० लाख पुरस्कार पाउनेछन्। नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै धनराशी हुने शो भएको आयोजकको दाबी छ।

यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो । १६ बर्ष माथिका नेपाली भाषीहरुले यो प्रतियोगीतामा भाग लिन पाउने प्रतियोगीतामा भाग लिन चाहने नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउललोड गरेर आफ्नो नाम आवेदन दिन सक्नेछन् ।

मेरो भ्वाइस युनिभर्सको निर्णायकमा सुरेश अधिकारी, शिव परिवार, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता वर्मा र सुनिता थेगिम रहेका छन्। त्यसैगरि, मेरो डान्स युनिभर्सको निर्णायकमा मिथिला शर्मा, प्रियंका कार्की, दिलीप रायमाझी, केकी अधिकारी, शंकर बिसी र नर्मन राई छन्।

Leave a Reply