चलचित्र विकास बोर्ड र सेन्सर बोर्डमा सदस्यहरु नियुक्त

चलचित्र विकास बोर्ड र केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)मा संचार तथा सुचना प्रविधी मन्त्रालयले आगामी दुई वर्षको लागि सदस्यहरु नियुक्ती गरेको छ । रिक्त रहेको चलचित्र विकास बोर्डको सदस्य पदमा निर्माता तथा गायक अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई र अभिनेता फनिन्द्रकुमार कट्वाल (राज) नियुक्त भएका छन् । त्यसैगरी पत्रकार सन्तोष कुमार थापा,राजेश महर्जन र निर्देशक मीनाक्षी कोइराला केन्द्रिय चलचित्र जाँचपास समितिको सदस्य पदमा नियुक्त भएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित समारोहमा नियुक्त सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply