कलाकार तथा ज्योतिष हरिहर अधिकारीलाई पितृ शोक

नायक तथा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । विगत २० दिनदेखि कोरोनासँग लडिरहेका उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण उपचारका क्रममा निधन भएको हो ।उनको २ हप्तादेखि कलंकीको नेशनल अस्पतालमा उपचार भैरहेको थियो । किर्तिपुरमा बसोबास गर्दै आएका हरिहरको पुरा परिवार नै कोरोना संक्रमित भएको थियो । नायक तथा ज्योतिष हरिहरका पिता रामबहादुर पनि ज्योतिष विधामा नै सक्रिय थिए । उनकै प्रेरणामा हरिहर पनि ज्योतिष विज्ञानमा अगाडि बढेका हुन् ।

Leave a Reply