प्रकाश र सुनिता ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त

चर्चित गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाश र सुनितालाई सद्भावना दूत नियुक्त गरेको हो । गीत संगीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले कलाकारद्वयलाई सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्रियाकलापहरु प्रभावकारी रुपमा कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्न अति आवश्यक हुन्छ । यसै सन्दर्भमा गीत संगीतको माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट लोकप्रिय गायक सपुत र गायिका दुलाललाई विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ,’ उनले भने ।

Leave a Reply