सन्तोष बस्न्यातको स्वरमा ‘फ्राइडे नाइट’ गीत सार्वजनिक(भिडियो)

गायक सन्तोष बस्न्यातको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘फ्राइडे नाइट’ बोलको गीतमा राज कुमार बस्नेतको संगीत तथा गायक सन्तोष बस्न्यातको शब्द रचना रहेको छ। मंगलवार ओएसआरको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको गीत रमाइलो बनेको छ । रिकेश गुरुङले संगीत संयोजन गरेको गीतको भिडियोलाई सौगात मान सिंह बस्नेतले निर्देशन तथा सम्पादन गरेका छन्। अबिनयको डिओपी र प्रमेश श्रेष्ठको छायांकन रहेको भिडियोमा कन्सेप्ट अनुपको रहेको छ। भिडियोमा बिबेक कर्माचार्य र अभिलाषा शर्मा फिचर्ड छन्। लामो समय बेलायतमा संगीत अध्ययन गरेर फर्केका सन्तोष बस्न्यातले हालै नेपाल पर्यटन बोर्डले आयोजना गरेको टुरिजम भिडियो प्रतियोगितामा ‘भिजिट नेपाल’ बोलको गीतबाट दित्तीय स्थान हासिल गर्न सफल भएका थिए। भिडियो हेर्नुहोस् :

Leave a Reply