पलसँग पूजाको ‘पहिलो पटक भेट हुँदा’(भिडियोसहित)

गायक सरोज ओली र गायिका रचना रिमालको स्वर रहेको ‘पहिलो पटक भेट हुँदा’ बोलको गीत सार्वजनिक भएको छ। गज्जब टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दिनेश थपलियाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा नायिका पूजा शर्मा र नायक पल शाह फिचर्ड छन् । भिडियोमा पल र पूजा रोमान्टिक देखिएका छन् ।

भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडियोलाई अमन मानन्धरले सम्पादन गरेका छन् । पल र पूजाको जोडी लामो समयपछि म्युजिक भिडियोमार्फत प्रस्तुत भएका हुन् । यी दुई अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ कोरोना संक्रमण फैलिने जोखिमका कारण हल बन्द भएपछि हुन सकेन। भिडियो हेर्नुहोस् :

Leave a Reply