‘ओत लाग्ने छाता’मा अस्मिता र महेशको रोमान्स

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले नयाँ गीत सार्वजनिक गरेका छन् । अस्मिताको आवाज र महेशको रचना र संगीतमा ‘ओत लाग्ने छाता’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम भाव बोकेको गीतको भिडियोमा अस्मिता र महेश स्वयम फिचर्ड छन्।

गायिका अधिकारीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई सान थापाले निर्देशन र अर्जुन तिवारीले छाँयाङकन गरेका हुन् । भिडियोमा सम्पादन र रंग संयोजन सुप्रीम पराजुलिको रहेको छ ।

Leave a Reply