कमेडियन हिमेश लेख्छन्, ‘हामीले ल्याउदै गरेको भोट मासुभात र पैसाले किनेको हैन’

कमेडी च्याम्पियन विजेता हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुन्। मतगणना भइरहेको उक्त क्षेत्रमा हिमेश पन्त पछि परिरहेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । मत गणनाको सुरु देखि नै तेस्रो स्थानमा रहेका हिमेशले सामाजिक सञ्जालमा स्टाटस लेख्दै गाउँ र लेकका मानिसको चेतनास्तरमा अझै सुधार नआएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘हामी प्रचारप्रसारमा हिंड्दै गर्दा ‘जसले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै सुन्न पाइयो । कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्’ सम्म भन्न भ्याए । धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन ।’

Leave a Reply