युवापुस्ताको कथामा बनेको ‘लभ नम्बर २२’ फोपीमा सार्वजनिक

पछिल्लो समय डिजिटल मार्केटले धेरै नै फड्कोसँगै वेब सिरिजको निर्माणमा पनि वृद्धि भएको छ । यस्तैमा सिरिज बनाउन अब्बल मानिएको एसियन म्युजिकले नयाँ सिरिज ‘लभ नम्बर २२’ नेपालमा उदाइरहेको ओटिटि प्लेटफर्म फोपि सँग मिलेर बनाएको छ। ‘लभ नम्बर २२’ असोज ३० अर्थात् आजबाट फोपिमा रिलिज भएको छ । युवापुस्ताको विषयवस्तु समेटेर ‘लभ नम्बर २२’ निर्माण भएको हो । सरिन पोखरेलको कथा र निर्देशन रहेको सिरिजमा अमृत ढुंगाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णीमा खतिवडा लगायतका कलाकारको अभिनय छ ।

आइतबारदेखि प्रसारण भएको सिरिजले दर्शकलाई भरपुर मनोरञ्जन दिने निर्देशक सरिन पोखरेलले बताए । संकल्प भुजेलले छायाँकन र कृष्ण भण्डारीको सम्पादन रहेको सिरिजका बसन्त अधिकारी एसोसिएट निर्देशक हुन् भने, निर्मातामा खगेन्द्र श्रेष्ठ र दीपेन्द्र तामाङ रहेका छन् ।

Leave a Reply