प्रमोद खरेल र रुक्साना लिम्बुको ‘नोगेन’(भिडियो)

गायक प्रमोद खरेलले ‘नोगेन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । यो गीतमा प्रमोदको स्वर रहेको छ र उनलाई रुक्सना लिम्बुले साथ दिएकी छन् । रुक्सना ‘द भ्वाइस किड्स’को फाइनलिस्ट हुन् र उनी कोच प्रमोदको टिममा थिइन् । गीतमा महेश खड्काको शब्द तथा संगीत रहेको छ । गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् । प्रमोद र रुक्सानाको नै अभिनय रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

गीतको भिडियो मिनाक्षी कोइरालाको निर्देशनमा बनेको हो । उनी चलचित्र सेन्सर बोर्डको सदस्य समेत हुन् । गायक खरेलले आफ्नो विद्यार्थीलाई जीवनको बाटो सजिलो छैन भन्दै लिम्बू भाषामा नोगेन (धन्यवाद) सहित आशीर्वाद दिदै युगल गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

गीत हेर्नुहोस् :-

Leave a Reply