आमा-बुबा बन्दै दुर्गा र अर्जुन

गायिका दुर्गा खरेल र संगीतकार अर्जुन पोख्रेल आमा-बुबा बन्ने भएका छन् । अर्जुनले सामाजिक सञ्जालमार्फत आफूहरू पहिलो सन्तानको माता–पिता बन्न तयार रहेको जानकारी दिएका हुन् । उनले पत्नी दुर्गा खरेलको एक तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘तिमीभित्र हाम्रो खुसी फुल्दैछ पियारी ।’

अर्जुनको उक्त पोष्टमा धेरैले बधाई दिइरहेका छन् । अर्जुन र दुर्गाले गत २०७७ असारमा केही वर्षको प्रेमलाई विवाहमा परिणत गरेका थिए ।

Leave a Reply