युट्युबमा ‘पञ्चायत’: कथावस्तु र कलाकारहरुको अभिनयको प्रशंसा

ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको चलचित्र ‘पञ्चायत’  युट्युबमा सार्वजनिक भएको छ । २०७४ सालमा हलमा प्रदर्शन भएको शिवम् अधिकारी निर्देशित चलचित्र पाँच वर्षपछि युट्युबमा उपलब्ध भएको हो।

पुष १३ गते नेपालफ्लिक्स युट्युब च्यानलमा सार्वजनिक भएको फिल्मले आकर्षक भ्यूजसहित लोभलाग्दो प्रतिक्रिया पाइरहेको छ । युट्युब रिलिजको पाँच दिनसम्ममा ७ लाख बढी भ्यूजसहित यतिबेला फिल्म नेपालको युट्युब ट्रेन्डिङको चौंथो स्थानमा छ ।

यो फिल्म युट्युबमा हेरेपछि प्रायःले प्रशंसामा शब्द खर्चिएका छन् । धेरैले कथावस्तु र कलाकारहरु नीता ढुंगाना, सरोज खनाल, जाह्न्वी बस्नेतको अभिनयको खुलेर तारिफ गरेका छन् । पञ्चायतकाल ताका एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई फिल्मले उठान गरेको छ ।

 

Leave a Reply