आमिर खानको स्पष्टिकरण –‘पिठोमा १५ हजार राख्ने मानिस म होइन’

केहि दिन यता सामाजिक संजालमा एक पोस्ट भाइरल भयो जसमा दावी गरिएको थियो की आमिर खानले २३ अप्रिलमा भारतको दिल्लीको एक स्थानमा ट्रकभरी आटाका एक-एक किलोका प्याकेट पठाए र हरेक प्याकेटमा १५ हजार रुपैयाँ राखिएको थियो ।सामाजिक संजालमा यो पोस्ट भाइरल बन्यो । नेपालमा पनि उक्त खबर भाइरल बन्यो । तर यो खबरको यथार्थ बाहिर आएको छ । नायक आमिर खानले यो बिषयमा स्पष्टिकरण दिएका छन् । आमिर आँफैले ट्वीट गर्दै यो खबर झुटो रहेको तर कसैले परिचय नखुलाई यस्तो गरेको अथवा अफवाह रहेको बताएका छन् ।

आमिरले ट्वीटमा लेखेका छन्, ‘साथीहरु, म त्यो मानिस होईन जसले आटामा पैसा राखेर बाँडिरहेको छ । या त यो फेक स्टोरी हो या कोहि रबिन हुड आफ्नो परिचय दिन चाहँदैन । सुरक्षित रहनुहोस्, सबैलाई माया छ’ ।

Leave a Reply