‘बेल बटम’मा अक्षयको श्रीमती बन्दै वाणी

बलिउडका अभिनेता अक्षय कुमारको नयाँ चलचित्र ‘बेल बटम’ मा अक्षयसँग अभिनेत्री वाणी कपूर देखिनेछिन् । चलचित्रको पोस्टर रिलिज भएदेखि नै अभिनेत्री को हुने भन्ने चर्चा चल्दा अक्षयले वाणीलाई फाइनल गरेका हुन् । यो चलचित्रमा वाणी अक्षयकी श्रीमतीको भूमिकामा देखिदैछिन् ।

भारतीय मिडियाका अनुसार वाणीले एक हप्ताअघि नै चलचित्रमा अभिनय गर्न पक्का हुँदै सम्झौता पत्रमा हस्ताक्षर गरिसकेकी छन् ।अभिनेत्री वाणी कपूर यसअघि रितिक रोशनसँग चलचित्र ‘वार’ मा सँगै देखिएकी हुन् ।

यो वर्षमा छायांकनमा जाने भनिएको चलचित्रको रिलिज २ अप्रिल, २०२१ मा तोकिएको छ । यो चलचित्रमा ८० को दशकको एक पात्रको कथा भन्नेछ । भारतले विर्सिएको एक हिरोको कथामा चलचित्र बन्ने बताइएको छ । यो चलचित्र सन् २०२१ को अप्रिल २ मा रिलिज हुँदैछ । यो चलचित्रलाई रञ्जित तिवारीले निर्देशन गर्दैछन् ।

Leave a Reply