गरिमा शर्माले ‘लण्डन टु पेरिस’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्दै

मोडल गरिमा शर्मा अब चलचित्रमा देखिने भएकी छन् । टिकटकबाट हुँदै म्यूजिक भिडियोमा व्यस्त रहेकी गरिमाले ‘लण्डन टु पेरिस’बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन् । केही समयअघि निर्माण टिम र गरिमाबीच कागजी सम्झौता भइसकेको छ ।

चलचित्र ‘पञ्चेबाजा’का निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको ‘लन्डन टु पेरिस’ मा यसअघि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध भइसकेकी छिन् । एबी इन्टरनेसनलले निर्माण गर्न लागेको चलचित्रको बेलायत र फ्रान्समा छायांकन हुनेछ । यस चलचित्रलाई ट्राभल लभस्टोरी भनिएको छ । ‘लन्डन टु पेरिस’मा अमित बस्नेत, अजित केआर थापा, परी राना, अंकित गौतम, अजित सिंह र सनिष खकुरेको लगानी रहनेछ ।

Leave a Reply